पटकपटको सरकार परिवर्तनले देशको अर्थतन्त्रमा सुधार हुन सकेन : केन्द्रिय सदस्य मियाँ

 

अर्घाखाँची -उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर मियाँले राजनिती स्थिरता कायम हुन नसक्दा निजी क्षेत्रले फड्को मार्न नसकेको बताउनु भएको छ । ।

नेपाल प्रेस युनियनले सन्धिखर्कमा आयोजना गरेको ‘अर्थतन्त्रको अवस्था र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य मियाँले ‘पटक–पटक सरकार र मन्त्री परिवर्तनले ठोस निति बन्न नसक्दा ,‘देशको अर्थतन्त्र सुधार हुन नसकेको बताउनु भएको छ ।’

देशको अर्थतन्त्र सुधार नहुनु र सोंचे अनुरुप लक्ष्य प्राप्त नहुनुको प्रमुख कारण समेत राजनिती अस्थिरता नै रहेको उहाँले बताउनु भयो ।राजनिती खिचातानी र आरोप प्रत्यारोपले मात्र मुलुकको विकास नहुने भन्दै राजनिती नेतृत्वले गम्भिर भएर सोंच्नुपर्ने बेला आएको उनको भनाई छ ।

०७२ सालको भुकम्पले खस्किएको अर्थतन्त्र कोरोनाले थिंचोमिचो बनाएको मियाँले बताए । तर सबै जानेका, देखेका, भोगेका राजनिती नेतृत्वले सुधारमा ध्यान नदिएको उनको आरोप छ ।

धेरै पढिएको

ताजा समाचार