
राजेन्द्र खनाल, कपिलवस्तु । नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितेको छ । अघिल्ला शैक्षिक सत्रमा विद्यार्थीका हातमा महिनौ दिन भइसक्दा समेत पाठ्यपुस्तक पाउन मुस्किल भइरहेका बेला यो वर्ष चामत्कारीक ढंगले विद्यालय र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएका छन् ।
कपिलवस्तु जिल्लामा अहिले सम्म ९५ प्रतिशत विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति कपिलवस्तुका अध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिनुभएको छ । जिल्लाको उत्तरी भेगका पालिकामा रहेका सबै विद्यालयमा पुस्तक पुरा भएको छ भने देक्षिणका केही पालिकामा अझै केही विषयका पाठ्यपुस्तक आउन बाँकी रहेको पनि जिल्ला अध्यक्ष पन्थीको भनाई छ । सामुदायिक विद्यालयका पाठ्यपुस्तक ९५ प्रतिशत आइपुग्दा संस्थागत विद्यालयका लागि आवश्यक पुस्तक भने जम्मा ७० प्रतिशत आएको जनाइएको छ ।
जनक शिक्षा सामग्रीबाट छपाइ भएका सामुदायिक विद्यालयका पाठ्यपुस्तक अब छिटफुट केही विषयका मात्र ल्याउन बाँकी रहेको जिल्ला अध्यक्ष पन्थीले बताउनु भयो । उता संस्थागत विद्यालयका पाठ्यपुस्तक छपाइमा यसपटक कागजमा भएको मूल्यबृद्धीका कारण छपाखानाहरुले पुस्तक छपाउन नसकेका कारण केही ढिलाइ भएको हुन सक्ने उहाँको भनाई छ ।
अध्यक्ष पन्थीले भन्नुभयो, “विगत वर्षको तुलनामा यस वर्ष विद्यार्थीले सहजै पाठ्यपुस्तक प्राप्त गरेका छन् ।
संस्थागत र सामुदायिक दुवैतर्फ पाठ्यक्रम परिवर्तन भएका कक्षा ५, ८ र १० का पाठ्यपुस्तक अझै सबै विद्यार्थीले पाउन भने सकिरहेका छैनन् । अघिल्ला वर्षको तुलनामा यस पटक पाठ्यपुस्तकको उपलब्धता सहज भएको बाणगंगा स्थित आधिकारिक विक्रेता पुजा स्टेशनरीका संचालक थानेश्वर कडेँलले बताउनु भयो ।
कपिलवस्तु सहित लुम्बिनी प्रदेशका सात जिल्लामा पाठ्यपुस्तक उपलब्ध गराउदै आएको जनक शिक्षा सामग्री कैन्द्र लिमिटेडको लुम्बिनी प्रदेश कार्यालय बुटवलले सबैजसो जिल्लामा पाठ्यपुस्तक पुराउने काम भइरहेको जनाएको छ । प्रदेशका सात जिल्लाका लागि १३ लाख थान पाठ्यपुस्तक आवश्यक हुने कार्यालयका प्रमूख रामबिनय श्रेष्ठले जानकारी दिनुभयो । यो कार्यालयले लुम्बिनी प्रदेशका कपिलवस्तुसहित तराई र पहाडका गरी सात जिल्लामा पाठ्यपुस्तक वितरण गर्ने गरेको छ ।
कपिलवस्तु जिल्लाका लागि २२ वटा आधिकारीक पुस्तक बिक्रेताहरुले पाठ्यपुस्तक खरिद गरी यहाँका विद्यालयहरुमा पु¥याउने गर्दछन् ।