शिवराजमा महिलाहरुका लागि अचार बनाउने तालिम

कपिलवस्तु –कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा महिलाहरुका लागि ५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आर्थिक सहयोग र सर्वोदय महिला बिकास बचत तथा रिण सहकारी सस्थाको आयोजनामा स्थानियहरुलाइ विभिन्न परीकारका अचार बनाउने तालिमको आज समापन भएको हो ।

कार्यक्रममा बोल्दै शिवराज नगर प्रमुख अजय थापाले सिप सिकेर व्यवहारमा प्रयोग गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो । नगरले धेरै बजेट महिला लगायत विभिन्न वर्गका लागि तालिमका लागि छुट्याउने गरेको बताउदै त्यसबाट कतिले व्यवसाय संचालन गरेका छन भन्ने कुरा महत्वपुर्ण रहेको जिकिर गर्नुभयो ।

विभिन्न सहकारी सस्था तथा आमा समुहमा प्रयाप्त पैसा रहेको हुदा त्यो पैसा क्रण दिने र व्याज लिने मात्र भन्दा पनि तालिमहरुको माध्यमबाट व्यावसायिक बन्नाउन तर्फ ध्यान दिनुपर्ने नगर प्रमुख थापाले बताउनु भयो ।

यस्तै नगर उप प्रमुख शिवकुमारी थारुले स्थानिय उत्पादनलाइ प्राथमिकता दिदै बजारीकरणमा सहयोग गर्ने बताउदै तालिमले महिलाहरुमा सिप विकास र व्यवसायिक बन्न टेवा पुग्ने अपेक्षा व्यक्त गर्नुभया ।

प्रमुख प्रसासकिय अधिकृत राकेश पाण्डेले तालिलाइ प्रमाण पत्रमा मत्रै सिमित नराखि उत्पादन मुलक क्षेत्रमा तालिको प्रयोग गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा वडा अध्यक्ष खिम बिक्रम केसिले तालिम लिएर सिपलाइ उपादन मुलक क्षेत्रमा लगानि गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं २ का वडा राम बहादुुर चौधरी, ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे लगायतले व्यवसायिक यात्रामा लाग्न सुझाब दिनुभएको छ । ५ दिनसम्म चलेको तालिममा वडा भित्रका ३२ जना महिलाहरु सहभागि रहेका थिए ।

धेरै पढिएको

ताजा समाचार