कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा ‘स्मार्ट’ सार्वजनिक शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । सडक यात्रीको हितलाइ ध्यानमा राखेर नगरपालिकाले चन्द्रौटाको मुख्य बजार नजिकै संन्जीवनी अस्पता नजिकै स्मार्ट सौचालय निर्माण गरेको हो।
निर्माणको जिम्मा पाएको बुद्ध फाइबर निर्माण कम्पनीले निर्माणको काम सम्पन्न गरे सगैं नगर प्रमुख अजय थापा र वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले शौचालय ब्यवस्थापनको जिम्मा खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका दभन भाट क्षेत्री (नारायण ) लाई सौचालयको चावी हस्तान्तरण गर्नु भएको छ ।
नगरको मुख्यबजार क्षेत्रमै निर्माण गरिएको शौचालयले यस क्षेत्रमा आवत जावत गर्ने नागरीकहरुलाई सहज हुन नगर प्रमुख अजय थापाले बताउनु भयो सडककै छेउँमा निर्माण भएको शौचालयले विषेश गरी यात्रुहरुलाई लाभ मिल्ले उहाँले बताउनु भयो । शौचालयको ब्यवस्थापनको नगरले खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाकालाई जिम्मा दिएको बताउनु भयो ।
सहजै प्रवेशका लागि द्वार निर्माण गरिएको स्मार्ट शौचालय प्रविधिमैत्री रहेको वडा अध्यक्ष बेल्बासेले बताउनु भयो ।सौचालय नहुँदा यस क्षेत्रमा आवत जावत गर्दा सास्ति भोगेका आमनगरीक हरुलाइ शौचालय बढी उपयोग हुने अध्यक्ष बेल्बासेले बताउनु भयो ।
नगरको १४ लाख लगानीमा मुख्यबजार क्षेत्रमा शौचालय निर्माण गरिएको नगरका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले जानकारी दिनु भयो । नगरले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी शौचालय निर्माण कार्य गरीएको उहाँले बताउनु भयो ।
निर्माण पछि ब्यवस्थापनको जिम्मा पाएको खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष दमन भाट क्षेत्री (नारायण )ले छुट्टै कर्मचारी राखेर न्युनतम शुल्कमा प्रयोग गर्न सकिने शौचालयमा पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था हुने बताउनु भयो । शौचालयहरुमा प्रयोगका लागि सिघ्र संचालनमा आउने उहाँले बताउनु भयो ।