उखुको रकम माग गर्न कपिलवस्तुका किसान काठमाडौ हिँडे

कपिलवस्तुका उखु किसानहरू सरकारले दिनुपर्ने रकम माग गर्न काठमाडांै हिँडेका छन । ३० जना अगुवा उखु कृषकहरू मङ्गलवार साँझ सरकारले तोकेको रकम नपाउँदा सम्म काठमाडौमै धर्ना दिने भन्दै हिँडेका छन् । आव २०७१÷७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकम पटक पटक माग गरिएको छ ।

सरकारले दिने दुई करोड ५० लाख अनुदान रकम कपिलवस्तुका उखु किसानले नपाएको गुनासो गरेका छन् । सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ४६१ दिने घोषणा गरे पनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल रु ४३६ मात्र दिएका थिए ।

बाँकी रु २५ रुपैयाँ सरकारले दिने सझौता भएको थियो । कपिलवस्तुका आठ हजार किसानले अनुदान रकम नपाएको बताएका छन् । पटक पटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको किसानले बताएका छन् । शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुर्गस मिलको कारणले आफूहरूले पाउनुपर्ने रकम नपाएका किसानहरूको गुनासो छ ।

पटक पटक ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाइ नभएकोले अहिले किसानहरू सहित टोली माइतीघर मण्डलामा भर्ना दिने गरि काठमान्डौ प्रस्थान गरेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । ८ वर्ष पुरा भए पनि किसानहरूले पाउनुपर्ने रकम नपाएकोले अब काठमान्डौमा आन्दोलन हुने कृषक रामलाल कलवारले बताउनुभयो । ‘अब कि लास आउँछ कि पैसा आउँछ, कलवारले भने, ‘सरकारले हाम्रो मागको बेवास्ता गरेको छ, ।’

धेरै पढिएको

ताजा समाचार