कृषकहरुलाई प्रोत्साहीत गरी ब्यवसायिक खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिकाले ९९ कृषकहरुलाई ईलेक्ट्रिक स्प्रेयर टंकी उपलब्ध गराईएको छ । सहकारी, कृषि र ब्यक्तिगतरुपमा कृषि क्षेत्रलाई बढवा दिन उनीहरुलाई स्प्रेयर उपलब्ध गराइएको हो । उनीहरुलाई लागत सहभागीतामा स्प्रेयर उपलब्ध गराइएको हो । ५ हजार मुल्य पर्ने स्प्रेयरलाई ४ हजार नगरपालिका र एक हजार कृषकको लगानी रहेको नगर नगरपालिका कृषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए ।
कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल कृषि शाखा प्रमुख भगवानदास गुप्ताले कृषकहरुलाई सो स्प्रेयर हस्तान्तरण गरेका थिए । मेयर पा्रडेलले ब्यवसायिक कृष क्षेत्र तर्फ कृषकहरुलाई उन्मुख गर्न नगरपालिकाले बिभिन्न कृषि सामाग्री उपलब्ध गराइएको बताए । उनले कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताए । ‘ उनले मलखाद बिउ बिजन, सिचाई लगायतका सामाग्रीहरु सहजरुमपा उपलब्ध गराउन आफु लागी परेको बताए ।
स्प्रेयर बितरणकालागि नगरपालिकाले सुचना जारी गरको थिए । त्यसकालागि झन्डै ३ सय जनाले आबेदन दिएका थिए । सप्रेयरमा किट, रोग र झारपात नाशक बिषादी तथा भिटामिन समेत राखेर बोट बिरुवामा छर्न सकिन्छ । स्प्रेयर टु ईन वान रहेको छ । ब्याट्री र हात दुबैले चल्ने र गन समेत जटित छ । स्प्रेयर १६ लिटर क्षमताको छ । स्प्रेयर पाए पछि कृषकहरु खुशी बनेका छन । उनीहरुले आफुले यसको भरपुर सदुपयोग गर्ने बताए ।