विजयनगर ।
विजयनगर समाजको आयोजनामा हुन गइरहेको ‘प्रथम विजयनगर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को तयारी पूरा भएको छ । विजयनगरको शंकरपुर खेलमैदानमा जेठ ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक राम प्रघट कोरीले बताएका छन् ।
‘समुन्नत विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उधोग ’ र साँस्कृतिक हाम्रो पहिचान भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको छ । आज बिहीबार साँझ ५ बजेबाट प्रारम्भ हुने महोत्सवमा विभिन्न संस्कृति झल्काउने सांस्कृतिक झाँकी, टोल समिति, विद्यालय तथा विभिन्न संघसंस्थाका ¥यालीसहित महोत्सवको उद्घाटन गरिने मूल आयोजक समितिले बताएको छ । महोत्सवमा केन्द्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।
विजयनगर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को समुद्घाटन लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगर (बसन्त,) ले गर्ने भएका छन् ।