कपिलवस्तुका उखु किसानहरू यति बेला काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्कानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
आव २०७१÷०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म कपिलवस्तुका करिब ८ हजार किसानले आफ्नो उखुको मूल्य नपाएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए। किसानहरूले मिल सञ्चालक आफ्नो उखुको मूल्य माग गर्दा नदिने भएपछि आफूहरू काठमाडौं आएको किसानहरूले बताएका छन्।
कपिलवस्तुबाट ३ दिनअघि काठमाडौं आएको उखु किसान माइतीघर सडकमै बस्दै आएका छन्।कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलले पैसा माग्न जादाँ सरकार दिने भन्ने र सरकारले मिल सञ्चालकले लगेको छ भनेर अल्मलाइरहेको किसान बताउँछन। उखु बेचेको ८ वर्ष पूरा भए पनि किसानले पैसा नपाएको गुनासो गरेका छन्। धर्नामा बसेका उखु किसान समक्ष आएर कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सांसद मंगल प्रसाद गुप्ताले कृषकहरुका मागहरु पूरा गर्न यथासिघ्र सरकारलाई अनुरोध गर्ने बताउनु भएको छ ।
किसानलाई साथ दिन कपिलवस्तु क्षेत्र नम्बर ३ बाट सांसद मंगलप्रसाद गुप्ता, शिवराज नगरपालिका नगर प्रमुख अजय थापा र शिवराज ३ का वडाध्यक्ष टेकलाल सापकोटा समेत उखु किसानसँगै माइतघरमा एकवद्धता व्यक्त गर्न आएका छन्।