काठमाडौं । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ। शुक्रबार(आज) राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८० को दशकलाई भ्रमण दशक मनाउने घोषणा गर्नुभएको हो।
राष्ट्रपति पौडेलले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने सरकारको तयारी रहेको बताउनुभयो ।