कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ का वडावासीलाई पानी तान्ने मोटर र घाँस काटने मेसिन वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक बर्ष २०७९।०८० मा बिनियोजित रु ५ लाख बराबरको कृषि समाग्री घाँस मेसिन र पानी तान्ने मोटर वितरण गरिएको वडा अध्यक्ष नसिम अहमद खाँले बताउनु भयो ।
१२ वटा चारा काटने मेसिन र ३७ वटा पानी तान्ने मेसिन वितरण गरिएको वडा अध्यक्ष खाँले जानकारी दिनुभयो । उक्त समाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द्र चौधरी, ४ नं वडा कार्यालयको सचिव सावित्री चौधरी लगायतको सहभागिता रहेको थियो ।
वडावासीले ५० प्रतिशत लगानीमा पानी तान्ने मोटर र चारा काटने मेसिन पाएपछी खु्शि भएका थिए ।