कृष्णनगरमा कुल बजेटमा ४२ प्रतिशत खर्च

दिपक के.सी.
जेठ १०
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आर्थिक बर्ष ०७९/८०को कुल बजेटको ४२ प्रतिशत रकम खर्च गरिसकेको छ । नगरपालिकाको चालु खर्च तर्फ कुल ४८ करोड २८ लाख १४ हजार ५ सय मा ५२ प्रतिशत रकम खर्च भइसकेको छ भने पुजिगत तर्फ ३९ करोड ३९ लाख १० हजार ५ सय रहेकोमा ३० प्रतिशत खर्च भएको छ ।
कृष्णनगर नगरपालिकामा आर्थिक बर्ष ०७९/०८० मा संशोधित र थप गरी कुल ८७ करोड ६७ लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाको विनियोजित बजेट बाहेक प्रकोप व्यवस्थापन कोषमा ६२ लाख ४३ हजार, बहादुरगंजमा रहेको शिवराज अस्पतालको लागी २ करोड १० लाख २० हजार र कर्मचारी कल्याणकारी कोषमा ४९ लाख रकम रहेको लेखा शाखा प्रमुख मनिस पाण्डेले जानकारी दिनु भयो । नगरपालिकामा संघिय समानिकरणको अनुमानित आम्दानी १८ करोड २२ लाख मध्ये हाल सम्म १५ करोड ९४ लाख २५ हजार आम्दानी भएको छ । संघिय राजश्व बाडफाडमा १३ करोड २१ लाख ४१ हजार अनुमानित आम्दानी मध्ये ७ करोड ३८ लाख ९० हजार रकम आम्दानी भएको पाण्डेले बताउनु भयो । प्रदेश समानिकरण तर्फ अनुमानित आय १ करोड ३ लाख १० हजार गरिएकोमा ७७ लाख ३२ हजार ५ सय आम्दानी भएको छ । प्रदेशको राजश्व बाडफाड तर्फ १ करोड ४२ लाख ९४ हजार अनुमाानित आय रहेकोमा १ करोड २ लाख २८ हजार खर्च आम्दानी भइसकेको छ । यस्तै २ करोड २५ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको पालिकाले १ करोड ५० लाख राजश्व जम्मा भई सकेको लेखा शाखा प्रमुख पाण्डेले जानकारी दिनु भयो ।
राजश्व बाडफाड, प्रदेश समानिकरण र संघिय समानिकरणको बजेटमा रकम घटेर आउदाँ पालिकाले बनाएका योजनाहरु प्रभावित हुने प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनु भयो । नगरपालिकाले आनुमानित आयको आधारमा योजनाहरु निर्माण गरेकाले आम्दानी घट्दा योजनाहरुमा प्रभाव पर्ने उहाँले बताउनु भयो । यस बर्ष बजेट अभावले सम्पन्न गर्न नसकिने योजनाहरुलाई अर्को आर्थिक बर्षमा प्राथमिकताको आधारमा समावेश गरि संचालन गरिने नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो । यस आर्थिक बर्षमा ९ सय ४७ वटा योजनाहरु रहेकोमा हाल सम्म ६० वटा योजनाको काम सम्पन्न भई भुक्तानी समेत भइसकेको छ । १ सय ९९ वटा योजनाहरु सम्झौता भई संचालनमा रहेको योजना शाखा प्रमुख साकिर अहमदले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।