युवालाई उद्यमशिलतामा जोड्न अन्तरक्रिया

कपिलवस्तु –
युवावर्गलाइ उद्यमशिलतामा जोड्नका लागि कपिलवस्तु स्थित चेम्बर सचिवालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यापार संघ (चेम्बर अफ कमर्स ) कपिलवस्तु, कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेड , राेट्रयाक्ट क्लब अफ कपिलवस्तु र स्वच्छ व्यावसायी महासंघ नेपाल लगायतका संस्थाको संयुक्त आयोजनामा युवा वर्गलाइ उद्यमशिलतामा जोड्नका लागि के सहयोग गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य तथा चेम्बर अफ कमर्स कपिलवस्तु जिल्ला अध्यक्ष महादेब पोख्रेलले युवा वर्गलाइ व्यवसायिक बनाउनका लागि सिपयुक्त तालिम/प्रशिक्षण आवश्यक रहेकोमा जोड दिनुभयो ।
युवाहरुलाइ विदेश पलायनबाट रोक्न देशमा व्यावसायिक वातावरण तयार गर्न समाजका अगुवाहरुको हात महत्वपुर्ण हुने उल्लेख गर्नुभयो । स्वच्छ व्यवसायी महासघं नेपाल कपिलवस्तु कपिलवस्तु प्रतिनिधि तथा कार्यक्रम प्रबन्धक बासुदेब घिमिरेले कार्यक्रमको उदेश्य माथि सहजिकरण गर्दै युवा युवतीका लागि व्यावसायिक क्षेत्रमा आउनका लागी चुनौती र अवसरका लागि के के गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष जगत पौडेल, राेट्रयाक्ट क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट गोपाल बन्जाडे, कृषि सहकारी लुम्बिनी प्रदेश संयोजक शिवराज सुवेदी, नेपाल मौरी पालक सघं कपिलवस्तुका अध्यक्ष नारायण प्रसाद पौडेल, राेट्रयाक्ट क्लब अफ कपिलवस्तुका बोर्ड मेम्बर राेट्रयाक्टर विष्णु पाण्डे लगायतले व्यवसायिक क्षेत्रका समस्या र युवालाइ व्यवसायमा ल्याउनका लागि खेल्नुपर्ने भुमिका विषयमा महत्त्वपूर्ण भनाइ राखेका थिए । कार्यक्रममा शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न वडाबाट फरकफरक क्षेत्रबाट प्रतिनिधित्व गर्दै २५ जना युवा युवतीको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार