शिवराजमा ६ बर्ष अघि बनेको गाउँघर क्लिनिक प्रयोग विहिन

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ८ बिसनपुर पटपर गाउँमा २०७४ सालमा निर्मित गाउँघर क्लिनिकको भवन प्रयोग विहिन अवस्थामा रहेको छ । स्थानिय सरकार र समुदायको सहयोगमा निर्मित गाउँघर क्लिनिकको भवन निमार्ण सम्पन्न भएको ६ बर्षसम्म पनि संचालनमा नआउदा जिर्ण अवस्थामा रहेको छ ।

जग्गा दाता सुनिल सुक्लाले प्रदान गरेको जग्गामा फेयरमेड र आइ एन एफ नेपालको साझेदारीमा संचालित मानसि परीयोजना स्थानिय सरकार र समुदायको सहगेगमा २०७४ पौष १६ गते निमार्ण सम्पन्न भवनमा हाल भाटे ताला झुन्डिएको छ । प्रयोग विहिन भवनको वरीपरी हाल घाँसले घरेर जंगलमा परिणत भएको छ ।

सेवा प्रवाह गर्न समेत असहज हुनेखल्को सानो आकारमा निर्मित भवनमा स्थानिय सरकारले खर्च गर्ने प्रयोग विहिन छोडेको र भवन प्रयोग विहिन हुँदा स्थानीय रुष्ट बनेका छन ।
भवन बन्नु तर नगरले बास्ता र छानबिन नगर्नु गलत कार्य भएको भन्दै स्वास्थ सुविधा पाउनुपर्ने गाउँघर क्लिनिक बेवारिसे अवस्थामा रहनु नगर गैर जिम्मेबार रहेको स्थानिय आन्नद सुक्लाले बताए ।

 

धेरै पढिएको

ताजा समाचार