कपिलवस्तु-अखिल स्वतन्त्र विद्यार्थी युनियन कपिलवस्तुले २०७९ चैत ५ गते सम्पन्न भएको रुवतन्त्र विद्यार्थी युनियन (स्ववियु)पदाधिकारीहरु तथा सदस्यहरुलाई सम्मान गरेको छ । अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनि विजयी बनेका जिल्लाभरका पदाधिकारी एवम सदस्यहरुलाई एक समारोहकाविच आज सम्मान गरेकोहो ।
आज गणतन्त्र दिवससको अवसर पारेर गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथी एमाले जिल्ला सचिवालय सदस्य एवम विद्यार्थी नेता टुकलाल गैरेले अनेरास्ववियुको तर्फबाट निर्वाचित भएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई एवम सफल कार्याकालको शुभकामना दिदैं जिम्मावारी ढंगबाट विद्यार्थीको हकहितको निम्ती काम गर्न जिल्लाभरका पदाधिकारीलाई आग्रह गर्नु भएको थियो ।
स्ववियु निर्वाचित विद्यार्थीलाई विशेष प्रशिक्षण कार्यक्रमको आयोजन गर्न जिल्ला कमिटीलाई निर्देशन दिंदै सामाजिक संजालमा आउने मिथ्या प्रचारप्रसारमा नलाग्न आग्रह समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै पुर्व जिल्ला अध्यक्ष विकाश आचार्य (गोविन्द) ले निर्वाचित भएका पदाधिकारीहरु तथा सदस्यहरुलाई बधाई एवम सफल कार्याकालको शुभकामना दिदैं अनेरास्ववियुको भावना अनुरुप विद्यार्थीलाई अगाडि बढ्न अभिप्रेरीत गर्नु पर्ने बताउनु भयो । साथै विद्यार्थीका हक अधिकारका निम्तीे सराहनीय काम गरेर अखिलको नाम उच्च दर्जामा कायम राख्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष अन्जीत खनालले निर्वाचित टिमलाई सफल कार्याकालको शुभकामना दिदै जिल्लाले छिटै प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने बताउनु भएको थियो । साथै उहाले अनेरास्ववियुका निस्कृय कमिटीहरुलाई पुःन गठन गर्न नगरकमिटी एबम क्याम्पस कमिटीलाई निर्देशन गर्नु भएको थियो ।
कार्यक्रममा पुर्व केन्द्रिय सदस्य अजय चौधरी, जिल्ला सदस्य दिनेश चौधरीलगायतले निर्वाचित सबैलाई सफल कार्याकालको शुभकामना दिनु भएको थियो । जिल्लामा अनेरास्ववियुबाट निर्वाचित विभिन्न क्याम्पसका स्ववियु पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन विद्यार्थी नेता निसान खड्काले गर्नु भएको थियो ।