विजयनगरका छोरीलाई साइकल उपहार 

 

कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रा विद्यार्थीहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरेको हो । मंगलबार गणतन्त्र दिवसको अवसरमा छात्राहरुलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाले शिक्षामा छात्राहरुलाई आकर्षित गर्नका लागि ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरि शिक्षामा जोड दिएको छ । आधारभुत तहपछि छात्राहरूले विद्यालय छोड्ने क्रम रोकिने र उच्च शिक्षा अध्ययनमा टेवा पुग्ने उद्धेश्यले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको छ ।

 

प्रदेश सरकार र विजयनगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए । गाउँपालिकाले २ सय ८० जना छात्रालाई साइकल र ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले छात्राहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि प्रोत्साहन स्वरुप ४ वर्षदेखि निरन्तर साइकल र शैक्षिक सामग्री वितरण गर्दै आएको बताए । उनले यस विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रमले विद्यालयमा भर्ना दर बढेको बताउँदै विद्यार्थीहरुमा पढ्ने उत्साह बढेको र अभिभावकहरुमा शिक्षाप्रति चेतना बृद्धि भएको बताए ।

अभिभावकले छोरीलाई पढाउनु पर्छ भन्ने सोँचमा परिवर्तन आएको बताउँदै शिक्षामा यस अभियानले टेवा पुगेको अध्यक्ष थापाले दावी गरे । साइकल र शैक्षिक सामग्री वितरणले विद्यार्थीको थुप्रै कुरासँग जोडिएकोले पढाइमा सहजता हुने उनले जिकिर गरे ।

यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छात्राहरुले शिक्षित भए मात्र शिक्षित घर, परिवार र सभ्य समाजको निर्माण हुने बताइन् । समाज परिवर्तनमा महिलाहरु शिक्षित हुन आवश्यक रहेको उनले बताइन् । छोरीले घरायसी काम मात्र सिमित नभएर छोरीहरुले पनि उच्च शिक्षास र रोजगारीको अवसरसमेत हासिल गर्न सक्ने वातावरण सिर्जना गर्न यस साइकल र शैक्षिक सामग्री वितरण कार्यक्रम अभियान अहम भूमिका निर्वाह गर्ने उपाध्यक्ष चौधरीले बताइन् ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा विद्यालय पठाउनुपर्नेमा जोड दिए । गाउँपालिकाले धेरे सुवासुविधा प्रदान गरेको बताउँदै शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने उनको भनाइ छ । विद्यालयलाई भौतिक, शैक्षिक सामग्री लगायत आवश्यक पर्ने कुराहरु गाउँपालिकाले उपलब्ध गराउँदै आएको उनले बताए । गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिाभवकले लगायत सबैले जोड दिनुपर्ने रिजालले आग्रह गरे ।

धेरै पढिएको

ताजा समाचार