महिला वालवालीका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चायले जिल्लाको विकासमा आफु पुर्ण प्रतिवद्ध रहेको वताउनु भएको छ । व्यापार संघ कपिलवस्तु र उधोग वाणिज्य संघ चन्द्रौटाले गरेको वधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आफनो मन्त्रालयबाट अधिकांस नागरी समेटीने भन्दै सबैको अपेक्षालाई ख्याल गरेर काम गर्ने वताउनु भयो ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले जिल्लाले मन्त्री पाउंदा जिल्ला उत्साहीत भएको वताउँदै हरेक मन्त्रालयसगं निजि क्षेत्रले सहकार्यको बातावरण सहज बनाएमा अर्थ तन्त्रको समस्या समाधान हुने बताउनु भयो ।
नवनियुक्त मन्त्रीलाई चन्दैटामा स्वागत तथा सम्मान गर्दै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले जनताको अपेक्षा र भावना अनुसार काम गर्न आग्रह गर्नु भयो ।
स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले राजनितिलाई पछिल्लो समय हेर्ने दृठिकोण साघुरो भएको भन्दै आफनो छवि उच्च हेने गरी काम गर्न आग्रह गर्नु भयो ।
चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव गोपाल प्रसाद बन्जाडेको संचालनमा भएको स्वागत तथा सम्मान कार्यक्रममा चेम्बर अफ कमर्स कपिलवस्तुका पदाधिकारी र चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।