कपिलवस्तु, जेठ १९ । अत्यधिक गर्मी बढे पछि कपिलवस्तुका दुई स्थानीय तहले आफ्ना नगरभित्रका सबै सामुदायिक तथा संस्थागत बिद्यालयमा बिदा दिएका छन । पछिल्लो केहि दिनदेखि बढेको जिल्लाका बाणगंगा र कपिलवस्तु नगरपालिका भित्रका विद्यालयमा बिदा दिइएको हो ।
बाणगंगा नगरपालिकाले अत्याधिक गर्मी बढेसँगै ६ दिनका लागि विदा दिएको छ त्।
आउँदो सोमबार (जेठ २२ गते) देखि जेठ २८ गते सम्मका लागि ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरि, कपिलवस्तु नगरपालिकाले पनि गर्मी बिदा दिएको छ । तराई क्षेत्रमा केहि दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण बिद्यालयमा पठनपाठन क्रियाकलाप संचालन गर्न कठिनाई उत्पन्न भएको भन्दै नगरभित्रका सबै बिद्यालयमा बिदा दिएको जनाएको छ ।
शुक्रबार नगरशिक्षा समितीको बैठकको निर्णयानुसार जेठ २२ देखि २६ गतेसम्म सम्पुर्ण बिद्यालयमा गर्मी बिदा दिइएको प्रमुख प्रशासकिय अधिृकत गणेश अर्यालले जनाए ।