कपिलवस्तु -गर्मी बढेपछि कपिलवस्तुको शिवराज नगरपालिकाले एक हप्ताको लागि बिद्यालय बिदा दिएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै दैनिकरूपमा बढदै गएको गर्मिलाई मद्य्यनजर गर्दै नगर भित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय तथा सामुदायिक बालविकास केन्द्र एक हप्ताको दिनका लागिबिदा दिने निर्णय गरेको हो नगर प्रमुख अजय थापाले बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले एक सूचना जारी गर्दै तराईमा दैनिक बढी रहेको अत्यधिक गर्मीको समयलाई मध्यनजर गर्दै शिवराज नगरपालिका बालविकास केन्द्रहरु शैक्षिक सत्र २०८० को वर्षो विदाबाट कट्टी हुने गरी आज (२१) गते देखि २६ गतेसम्म गर्मी बिदा हुने जानकारी गराउनु भएको छ ।