डुबानको समस्या समाधान गर्न भन्दै स्थानीयले बुझाए नगर प्रमुखलाई ज्ञाप पत्र

कपिलवस्तुको शिवराज नगरपलिका ५ चन्द्रौटा सहजटोल अन्तर्गत वालापुर मोड देखि खसि बजार सम्मको डुुबानको समस्या समाधान गर्नु स्थानीयले आग्रह गरेका छन् ।

आइतवार नगरपालिका पुगेका स्थानीयहरुले वर्षातको समय सुरु हुन लागेकोले डुबानको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिएका छन्

नगरप्रमुख अजय थापालाई ज्ञापन पत्र दिदै स्थानीयले विगतको जस्तो समस्या यस वर्ष हुन नदिन अपिल गरेका छन् । डुबान नियन्त्रण गर्न अहिले समय रहेकोले गम्भीर हुनुपर्ने बताएका छन् ।

डुबानले क्षती हुने गरेकोदे दिर्घकालिन समाधान खोज्नुपर्ने बताइएको छ । नगर प्रमुख अजय थापाले डुबानको समस्या समाधानमा आफु गम्भीर रहेको बताउनुभयो । पानीको निकासको लागि काम सुरु गरेकोले विगत जस्तो हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

धेरै पढिएको

ताजा समाचार