नवराज पौडेल -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का बालक्लव तथा किशोरकिशोरीहरूका लागी तीन दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं ३ को आयोजनामा जेठ १९ गते बाट सुरु बालक्लव तथा किशोरकिशोरीहरूलाई तीन दिने नेतृत्व विकास तालिम आइतबार एक कार्यक्रमका बिच सप्पन्न गरिएको हो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आफुले सिकेका कुरा बिद्यालयका साथीहरूलाई सिकाउन आग्रह गर्दै समाज रुपान्तरणका लागि पहिला आफू बाटै सरुवात गर्नु पर्ने बताउनु भयो । नगरपालिका बालमैत्री भएकाले यस्ता खालका कार्यक्रममा नगरपालिकाको तर्फ बाट समेत गरिने र आफुले सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो । निशुल्क शिक्षा लागू गर्दैगर्दा बालबालिका तथा किशोरकिशोरीहरुका लागि फरक किसिम विभिन्न सीप आर्जन गर्ने खालका कार्यक्रम गराउने नगरपालिकाको सोच रहेकाले आगामी आर्थिक वर्षमा यस्ता खालका कार्यक्रम समेट्ने नगर प्रमुख थापाले बताउनुभयो ।
तालीमले समाजमा हुने बालबिवाह, दाइजोप्रथा,एबम महिलामाथी हुने हिंसा न्यूनीकरणमा टेवा पुग्ने वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो । वडाको बलुहवा,हचुवा उत्तरतिर कार्यक्रम गरेकोले यो क्षेत्रमा समेत कार्यक्रम गरिएको वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।
वडाले हरेकवर्ष बालबालिका तथा किशोरकिशोरिका क्षेत्रमा काम गर्दै आइरहेको बताउदै किशोरीहरुलाइ आत्मरक्षा तालीम गराइने उहाँले बताउनु भयो ।
कार्यक्रममा आफ्ना बार्सिक कार्ययोजना पेश गर्दै तालीम अत्यन्तै फलदायी रहेको र तालीम पश्चात् आफुले सिकेका कुरा आफैबाट सुरु गरि आफ्ना साथिहरुलाइ सिकाउने प्रशिक्षार्थी पृया भट्टराईले बताउनु भयो ।
कार्यक्रम शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाको अध्यक्षता नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यता, समयथान माबिका प्र.अ गिरि प्रसाद गैरे, समयथान बहुमुखी क्याम्पसका प्रमुख नामदेब खनाल, शिक्षक नारायण बन्जाडे,अनिलकुमार काफ्ले,नगरपालिकाका पन्जिकरणशाखा प्रमुख दिपक खड्का वडा सचीव रामफल चौधरी कम्प्युटर अप्रेटर,कमल पाण्डे लगाएतको आतिथ्य्ता रहेको थियो ।
तालीममा ३७ जना प्रशिक्षार्थी सहभागी भएको र उनीहरुलाई कालिका स्वालम्वन सामाजिक विकास संस्थाका कार्यक्रम संयोजक अर्जुन थापाले प्रशिक्षण दिनुभएको कार्यक्रम नगरपालिकाका सब इन्जिनियर शिव पराजुलीको संचालनमा सप्पन्न भएको थियो ।