कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुरमा कृषकलाई स्प्रे टंकी बितरण गरिएको छ । शिवराज नगरपालिकाको एघारौं नगरसभाबाट स्वीकृत कृषि बिकास तर्फको ५० प्रतिशत अनुदानमा स्प्रे टंकी बितरण कार्यक्रम अन्तरगत कृषकको ५० प्रतिशत लागतमा वडा भित्रका ३८ जना कृषकहरुलाइ टंकी बितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो । वडाका कृषकहरुलाइ कृषि क्षेत्रमा अग्रसर बनाउनका लागि टंकी बितरण गरिएको सापकोटाले बताउनु भयो ।
वडाले कृषि क्षेत्रमा हरेक वर्ष लगानी गरेको र त्यसको प्रतिफल समेत राम्रो आएको सापकोटाले बताउनु भयो ।यता टंकी पाउँदा कृषकहरु हर्सित हुँदै वडा कृषक मुखी भएको बताएछ्न । इलेक्ट्रोनिक स्प्रे भएकाले तरकारी खेतिका सहज हुनेएक कृषक बताए
टंकी शिवराज नगरपालिकाका पशु शखा अधिकृत तारा प्रसाद चौधरी र वडा अध्यक्ष टेकलाल सापकोटा ले संयुत्त रुममा बितरण गर्नु भएको थियोे ।
शिवराज ३ द्वारा ३८ कृषकलाई स्प्रे टंकी बितरण
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech