विपना पौडेल, कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिकामा महिला स्वास्थ्य स्वयम सेविकाहरुले विभिन्न माग राख्दै नगर प्रमुख तथा उप प्रमुखलाइ मागपत्र पेश गरेका छन । आज नगर प्रमुखको कार्यकक्षमा पुगेर नगर प्रमुख अजय थापा, उपप्रमुख शविकुमारी थारु, प्रमुख प्रसासकिय राकेश पाण्डे, स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्राइ लाइ मागपत्र पेश गरेका हुन ।
शिवराज नगरपालिकामा रहेका १२० जना महिला स्वास्थ्य स्वयम सेविकाहरुको स्वास्थ्य जिवन विमा, स्वयम सेविकालाइ विदाइ गर्दा ३ लाखसम्मा दिनुपर्ने, स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न, स्वास्थ्य स्वयम सेविकाहरुलाइ राष्ट्रिय कार्यक्रम तथा अभियानमा ४०० दिइदै आएकोमा त्यसलाइ बृद्धि गरी १००० पुर्याउनुपर्ने, उमेरको हकबन्दि हटाउनुपर्ने, स्वयम सेविकालाई बर्षमा एक पटक अवलोकन भ्रमणको व्यवस्था मिलाउनुपर्ने लगायत १२ बुदे माग सहित आज माग पत्र पेश गरेका हुन ।
महिला स्वास्थ्य स्वयम सेविका शिवराज नगर संजालका अध्यक्ष लक्ष्मी हमाल, उपाध्यक्ष गोमा रायमाझी, सचिव सिमा जि.सि, सह सचिव अरुणा वि.क लगायतको हस्ताक्षरीत माग पत्र सोमबार नगरपालिकामा पेश गरेका हुन ।