जथाभावी फोहोर गर्नेलाई शिवराज नगरपालिकाले कारबाही गर्ने

 

कपिलवस्तुको शिवराज नगरपालिकाले नगरभित्र  जथाभावी फोहोर गर्नेलाई अब  देखि कारबाही गर्ने भएको छ। आज बिश्व बाताबरण दिवसको अबसरमा चन्द्रौटाको मुख्य बजारमा सरसफाइ कार्यक्रममा सहभागिता जनाउनु भएका नगर प्रमुख अजय थापाले लापरवाही रुपमा फोहोरमैला बढेको भन्दै अटेरी गरेर फोहोर गर्नेलाई कारबाही गर्ने प्रमुख थापाले बताउनु भयो ।

चन्द्रौटाको मुख्य बजार नै फ़ोहोर मैलाले दुर्गन्धित र प्रदुषण भएको भन्दै आज सचेत गराएको जनाउंदै अब अटेरी गरे कारबाहीको दायरामा ल्याउने बताउनु भएको हो ।

सचेतनाको लागि नगरले आधिकारीक रुपमा ब्यापारी एवम नगरवासिलाई सचेत रहनको लागि एक पटक पत्रचार गर्ने तर अटेरी गरे कारवाहिको कदम चाल्न बाध्य हुने बताउनु भयो ।

सरसफाइ कार्यक्रममा शिवराज नगरपालिकाका सस्थापक नगर प्रमुख नेत्रराज अधिकारीले आफ्नो धारण राख्दै आफ्नो टोल सरसफाइ अनिर्वाय रुपमाआफुले नै गर्ने बानी बसाल्नु पर्ने बताउनु भयो ।

आफ्नै घर बाट सरसफाइ को शुरुवात गरेमा मात्र टोल र सम्पूर्ण नगर सफा हुने वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले धारण व्यक्त ब्यक्त गर्नु भयो ।

सरसफाई काार्यक्रममा वडा सदस्यहरु ,विभिन्न राजनितिक दलका नेता समाजसेवि एव विभिन्न संसस्थामा आबद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साथै दिवसको अवसरमा शिवराज नगरपालिका वडा नम्बर ५ मा दिगो फोहोर ब्यवस्थापन अवधारण विषयकमा अन्तरकृया समेत भएको थियो ।

उक्त अन्तरकृयामा लुम्बिनी प्रदेश बन तथा बातावरण मन्त्रालयका वातावरण निरिक्षक निर्मल चौधरीले सरसफाइ र वातावरण संरक्षणमा नगरवासीहरुको भुमिका लगायको विभिन्न विषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार