कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ ले वडा भित्र स्वास्थ्य सेवा प्रवाह गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । वडामा खोपदेखि आमा सुरक्षा कार्यक्रमसम्मको काम गर्ने तथा स्वास्थ्य आमा समूहका गतिविधिको प्रभावकारीताका लागि अहोत्र खटिएका ८ जना महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको हो ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रोत्साहन स्वरुप स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको शिवराज नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नासिमअहमद खाँले जानकारी दिनुभयो ।
साथै वडा भित्र का ६० वर्ष भन्दा माथिका ४ जना महिला स्वास्थ्य स्वयमसेविका र वडामा कार्यरत एक जना स्वास्थ्यकर्मिललाई वडाले विदाइ समेत गरेको अध्यक्ष खाँले बताउनु भयो । कामको उच्च मूल्याङ्कन गर्दै सम्मान पत्रले विदाई गरेको उहाँले बताउनु भयो ।