कपिलवस्तु –कपिलवस्तु चन्द्रौटामा रहेको आवर मदरल्याण्ड एकेडेमिले आफ्ना शिक्षक शिक्षिकालाई पेशागत विकास तालिम दिएको छ । ३ दिने पेशागत विकास तालिमको आज बुधबार उद्धाटन गर्दै शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले नगरको शिक्षा क्षेत्रको विकासका लागि निजि विद्यालयको पनि अहम भुमिका रहेको उल्लेख गर्दै आवर मदरल्याण्ड एकेडेमिले शिक्षकहरुलाइ पेशागत तालिम प्रदान गरेर शिक्षाको गुणस्तर सुधारमा अझ मदत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । शिवराज नगर भित्र रहेका अति विपन्न परिवारका बालबालिकाले पनि पढ्न पाउनु पर्छ भनेरै शिवराजमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिएको नगर प्रमुख थापाको भनाइ छ ।
शिवराज नगरपालिकाले शिक्षालाइ कसरी गुणस्तर बनाउन सकिन्छ भनेर निजि विद्यालयलाइ ४८ बुदे र सामुदायिक विद्यालयलाइ ४० बुदे प्रतिवेदन सार्वजनिक गरेएको पनि उहाँले बताउनुभयो । निजि र सामुदायिक विद्यालयमा पढ्ने सबै बालबालिका शिवराज नगर भित्रकै रहेको हुदा अब सामुदायिक र निजि विद्यालय दुबैको अनुगमन गरीने नगर प्रमुख थापाले बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र बेल्वासेले निजि विद्यालयको पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्व रहेको हुदा सामुदायिक र निजि विद्यालय विचमा कुनै पनि कम्परमाइज नहुने बताउदै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।
यस्तै आवर मदरल्याण्ड एकेडेमिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरद अधिकारीले तालिलमा शिक्षण सिकाइ क्रियाकलापलाई कसरी रोचक बनाउन सकिन्छ भन्ने विषयमा तालिम चल्ने भएको हुदा शिक्षकहरुलाइ सिक्न र व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । तालिममा प्रशिक्षक उपेन्द्र अधिकारीले शिक्षकको पेशागत विकास, शिक्षण सिकाइ क्रियाकलाय लगायतका बारेमा ३ दिनसम्म प्रशिक्षण दिनुहुने छ ।
आवर मदरल्याण्ड एकेडेमिका प्रध्यानाध्यापक कुलराज ढुगांनाको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य नारायण भाट, लेखा समिति संयोजक टुक प्रसाद अर्याल, विद्यालय अभिभावक समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।