
काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांदसहरूले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाउनु भएको हो ।
प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन्।
त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। त्यस्तै तीन जना स्वतन्त्र सांसद छन्।