
कपिलवस्तुको शिवराज नगर पालिका वडा नंं. ४ मा १०० जना किशोर–किशेरी हरुलाई प्रजनन स्वास्थ्य तथा लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि चेतना विकाश सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा स्तरीय वजेट तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र चनईको आयोजनामा वडाका पाँच स्थानमा भएको कार्यक्रममा एक सय जना किशोर–किशेरी हरुलाई प्रजनन स्वास्थ्य तथा लागु औषध दुर्व्यशन न्यूनीकरण सम्बन्धि चेतना विकाश लागि अभिमुखिकरण दिईएको आधारभूत स्वास्थ्य सेवा केन्द्र चनईका जनस्वास्थ्य निरिक्षक प्रकाश पोख्रेलले जानकारी दिनु भयो ।
समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही कसरी बनाउने , समाजमा विविध कारणले लागु पदार्थ दुर्व्यसनमा फसेका किशोर–किशोरीलाई नियन्त्रणका लागि चलाउनु पर्ने अभियान लगायतका विषयमा कार्यक्रममा अभिमुखिकरण दिईएको थियो ।
कार्यक्रममा किशोर अवस्था मानव जिवनको संवदेनशिल उमेर समूह भएको र उक्त उमेरमा हुने तिव्र गतिको शाररीक, मानसिक बिकासले उनीहरूको वानी व्यवहार, सोचांइ तथा निर्णय गर्ने क्षमतामा महत्वपूर्ण भुमिका खेल्ने समुहमा किशोर–किशोरिहरू मा लागु– औषध दुर्ब्यसन, वाल विवाह, यौन जन्य रोगको संक्रमण, कलिलो उमेरमै गर्भधारण गर्दा हुने जोखीम लगायका विषय सम्बंधी अभिमुखिकरण दिईएको थियो ।