कपिलवस्तुको शिवराज साझेदारी वन ब्यवस्थापन समुहको अधिबेशन तथा तेस्रो साधारणसभा सम्पन्न भएको छ । साझेदारी वनको अध्यक्ष पदमा हरि प्रसाद पोख्रेलले २४ मत सहित निर्वाचित हुनु भएको छ ।
उपाध्यक्ष पदका उम्मेदवार अनारकलि यादव र सुरेली कुर्मिको बराबर २७र २७ मत प्राप्त भएको थियो ।गोलाप्रथाबाट महिला उपाध्यक्ष पदमा अनारकली यादव विजयी हुनु भएको हो ।
अध्यक्ष पदका उम्मेदवार गणेश पुजन चौधरीले २२ मत ल्याउनु भएको थियो । कुल ५६ मत रहेको थियो । अध्यक्ष पदमका चार जना उम्मेदवार निर्वाचनको मैदानमा उत्रएका थिए ।
त्यस्तै शिवराज साझेदारी वन व्यवस्थापन समितिको निर्वाचनमा नगर कार्यपालिका सदस्यमध्येबाट उपाध्यक्षमा खगी सुनार तथा सदस्यमा बिष्णु हमाल लगायत का उम्मेदवार निर्वाचित हुनु भएको छ।