कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा खाने पानिको अभाव भएको छ । शिवराज नगरपालिका वडा नं. ५ मा खानेपानी वितरण गरिरहेको चन्द्रौटा खानेपानी तथा उपभोक्ता संस्थाले विगत केहि दिन यता धारामा पानी नपठाउदा उपभोक्ताहरु मारमा परेका छन ।
जमिनको सतह मूनीबाट पानी तानेर ट्याङ्कीमा पानी संकलन गरी उपभोक्तालाई पानी वितरण गर्दै आइरहेको खानेपानीले लामो खडेरीका कारण जमिनमुनि पानीको लेएर घट्दा पानी वितरण गर्न नसकेको जनाएको छ ।
बोरिङ्गले पानी ट्याङ्कीमा पानी थोरै पठाउदाँ ट्याङ्की भरिन नै १२÷१३ घण्टा लाग्ने अनि नियमित विद्युत्त आपूर्ति नहुदाँ समस्या भएको चन्द्रौटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण भाट क्षेत्रीले बताउनु भयो । “आज विहान मात्रै चन्द्रौटा बजार क्षेत्रमा थोरै भए पनि पानी छोडेका थियौं आज साझबाट ट्याङकरबाट पानी वितरण सुरु गरेका छौ”क्षेत्रीले भन्नु भयो ।
चन्द्रौटा खानेपानी संस्थानले उपभोक्तालाई खानेपानीको समस्या समाधान गर्न एउटा ट्याङ्कर ल्याइसकेको र आज शनिबार साझबाट कटनी बाट उपभोक्तालाई पानी वितरण गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । पानीको सतह घटेका कारण तल्लो सहतबाट पानी निकाल्ने प्रयास पनि भइरहेको अध्यक्ष क्षेत्रीले बताउनु भयो । फिल्टरमा संकलन भएर फिल्टर भएको पानी ट्याङकरको माध्यमबाट वितरण सुरु गरिएको र यसले केहि हद सम्म भए पनि खानेपानीको समस्या समाधान गर्ने उपभोक्ता समितिका अध्यक्ष क्षेत्रीले बताउनु भयो ।