लुम्बिनीका एक हजार ६२क्रियासिल पत्रकारको दुर्घटना विमा


प्रेमनारायण आचार्य

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे पहलमा लुम्बिनी प्रदेशका क्रियासील एक हजार ६२ जना पत्रकारको सामुहिक दुर्घटना विमा गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारकाे सहकार्यमा एक हजार ६२ जना पत्रकारको, एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना विमा गरिएको महासंघका प्रदेश महासचिव बिक्रम खड्काले बताउनुभयो ।
पत्रकारको दुर्घटना विमाका लागि आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तुल्सीराम पाैडेल, राष्ट्रिय विमा कम्पनी भैरहवाका शाखा प्रमुख सुशील पाण्डे र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
दुर्घटना विमाबाट पत्रकारको दुर्घटनामा मृत्यु भएमा, स्थायी तथा अस्थायी अंगभंग भएमा औसधि उपचार तथा आतंकवादबाट हुने जाेखिमकाे रक्षावरण गर्नेछ ।
पत्रकारको दुर्घटना विमा गर्न आगामी बर्षकाे लागि पनि बजेट विनियोजन गरिएको आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिनुभयो ।


धेरै पढिएको

ताजा समाचार