शिवराज नगरपालिकाद्धारा १ अर्ब २७ करोड ८ लाख को बजेट सार्वजनिक

 

कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु १ अर्ब २७ करोड ८ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १३ औं नगरसभामा नगर उप प्रमुख शिवकुमारी थारुले रु १ अर्ब २७ करोड ८ लाख ५० हजार बराबरको आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

 

उक्त बजेटमध्ये नगर स्तरीय योजनामा ३ करोड ८५ लाख, नगर स्तरीय विविध कार्यक्रम १ करोड,वडा स्तरीय योजना ९ करोड ३५ लाख,सामाजिक विकास तर्फ ५५ लाख,प्रशासनिक तर्फ  १२ करोड रकम विनियोजन गरिएको छ ।

बहु वर्षीय क्रमागत कार्यक्रम २ करोड ५३ लाख,समपूरक म्याचिङ २ करोड ६० लाख ,नगर स्तरीय पूर्वाधार विकास १ करोड बजेट विनियोजन भएको छ । शिक्षा तथा खेलकुद ८ करोड ३२ लाख,स्वास्थ्य तर्फ  ३ करोड ५०  लाख बजेट विनियोजन गरिएको छ ।

नगरले कृषि विकासमा १ करोड ,पशु विकास तर्फ ५० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाको नीति र कार्यक्रममा निःशुल्क शिक्षा सहित कृषि,उद्यमशिलता, दिगो र वातावरण मैत्री पुर्वाधार  पशुपालन र सरसफाइ जस्ता विषय समेटिएका छन् । शैक्षिक सुधार र पर्यटन विकास  लगायत विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

नगरपालिकाले प्रस्तसत गरेको निति तथा कार्यक्रममा कक्षा ११/ १२ लाइ बिहानि कक्षा सन्चालन गरेर दिउसोमा बिधार्थिलाइ स्वयसेवक शिक्षकको रुपमा अवसर दिने । नगरमा रोजगार सृजना गर्ने , मौवाबाट बनाइने लोकल मदिरालाइ ब्राण्डिङ गर्ने ,चन्द्रौटा बजारलाई सौन्दर्यीकरण  गर्ने लगायतका निति नगर प्रमुख अजय थापाले प्रस्तुत गर्नु भएको थियो ।

शिवराज नगरपालिकाले पाँच जनालाई सम्मान गरेको छ । १३ औ नगर सभाको अवसरमा ३ जना पत्रकार र २ जना कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार सञ्जीव गहतराज,कृष्ण गैरे र माधव बेल्वासे रहेका छन् । नगरको विकासको लागि अहोरात्र खटेर कलम चलाएको भन्दै सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट कर्मचारीको रूपमा प्रेम  वली र वसन्त महतरालाई नगद सहित सम्मान गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार