
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय लोकल रक्सी (घरेलु मदिरा)लाई ब्राण्डिङ गर्ने भएको छ।शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको उल्लेख गर्नु भएको छ ।
नगरपालिकाको १३ नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अजय थापाले स्थानीय स्तरमा उत्पादन हुने घरेलु मौवाको मदिरालाई नगरको ब्राण्डिङ बनाएर बिक्री वितरण गर्ने बताउनु भयो । नगरपालिकाको १३ औ नगरसभाले शिवराज नगरपालिकाद्धारा १ अर्ब २७ करोड ८ लाख को बजेट सार्वजनिक गरेको छ ।