शिवराज ३ मा ७० जना विद्यार्थीहरुलाई छात्रवृत्ति

 

चन्द्रौटा,१२ असार – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले वडा भित्रका अतिबिपन्न, अभिभावक बिहिन ७० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यक्रम अन्तरगत वडाले आज( मंगलबार) ७० जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरेको वडा नम्बर ३ का  अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो ।

वडा भित्र रहेका अभिभावक बिहिन तथा अतिविपन्न वालबालिकालाई अध्ययनको लागि टेवा पुगोस भन्दै विगतका वर्ष जस्तै यो वर्ष पनि उक्त कार्यक्रम लाई निरन्तरता दिएको अध्यक्ष सापकोटाले बताउनु भयो   । छात्रावृतिमा छनौैट भएका विद्यार्थीहरुको लागि झोला , स्कुल पोषाक , डटपेन ,पेन्सील खाजाको लागि टिफिनबक्स लगायतका सामाग्री वितरण गरीएको बताउनु भयो ।

अभिभावक बिहिन बालबालिकाहरुलाई वडाले अविभावकत्वको भुमिका दिने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो ।

शैक्षिक सामाग्री वितरण गर्दै शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले विद्यार्थीहरुले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न मेहेनतका साथ अध्ययनमा जोड दिनुपर्ने  बताउनु भयोशिवराज नगरपालिकाले शिक्षमा पहिलो प्राथमिकता दिएको भन्दै विद्यार्थीहरुको शैक्षिक उद्देश्य पुरा गर्न नगरले उल्लेख्य भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले छात्राबृति वितरण गर्दै यि यस्ता कार्यक्रमले स्थानिय सरकारको अपनत्व हुने विश्वास सृजना गर्ने बताउनु भयो ।भविष्यका कणदारका रुपमा रहेका बालबालिकालाई छात्राबृति कार्यक्रमले अध्यानको लागि सहयोग पुग्नुका साथै प्रेरणा जगाउने बताउनु भयो । कार्यक्रममा शिक्षक, विद्यार्थी ,वडा सदस्यहरु,वडाका कर्मचारी एवम अविभावकलगायतको उपस्थिति रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार