विद्यालयमा बालबालिकाहरुको टिकाउ दर बढाउन अन्तरक्रिया कार्यक्रमम

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ ले शिक्षालाई प्राथमिकतामा राखेर विकासे योजना निर्माण गरेको वडा अध्यक्ष रामगोपाल चौधरीले बताउनु भयो । आज शिवराज नगरपालिका वडा नम्बर ९ मा भएको विद्यालयमा बालबालिकाहरुको टिकाउ दर बढाउन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले वडाले तर्जुमा गरेको बजेटमा विद्यार्थीका सिकाई योजना र टिकाई योजनालाई समेटेको बताउनु भयो । वालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन वडाले बाल क्लव संजाल गठन, विद्यालय ब्यवस्थापन समितिमा वाललालिका प्रतिनिधि मनोनित, सत प्रतिशत भर्ना अभियान, छात्रवृत्ति लगायतका अभियानबाट विद्यालयमा बालबालिकालाई निरन्तर आउन प्रोत्साहन गरी टिकाइराख्ने वातावरण तयार गर्नुका साथै सिकाइ उपलब्धि समेत बढाउन योजना सहित वडा लागेको बताउनु भयो ।

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका सहसचिव संजिव गहतराजले विद्यार्थीलाई विद्यालय टिकाई राख्न सिकाई प्रभावकारी वातावरण अनुरुप हुन आवश्यक रहेको बताउनु भयो । विचमै विद्यालय छाड्ने दर घटाउन स्थानिय तहले समस्या पहिचान गरेर परिवारसगैं सम्बन्धित निकाय पुगेर समस्या समाधान गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सरस्विती मा वि बानियाभारका प्रधानाध्यापक विक्रक के सीले शिवराज ९ पुर्ण साक्षर, पुर्ण भर्ना र बालविवाह मुक्त वडा घोषणा भईसकेको वडा भएको उल्लेख गर्दै विद्यालयमा वालवालिकाको टिकाउदर बढाउन, बालवालिको मनोभावना अनुरुसारको अभियान चाल्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रकाश माविका शिक्षक नेव बहादुर डागिंले विद्यालयमा बालबालिकाहरुको टिकाउ दर वढाउन शैक्षणिक क्रियाकलाप प्रभावकारी हुनुपर्ने बताउनु भयो ।

अभिभाकहरुले विद्यालय जान नपाएका बालबालिकालाई स्टेशनरी खर्च, पोशाक लगायतका सामग्री खरिद गरी गरी वडाबाट पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजिकरण गर्दै अजुन थापाले भर्ना भएका विद्यार्थीलाई टिकाउने विषयमा स्पष्ट कार्ययोजना बनाउनुपर्ने, बालबालिकालाई विद्यालय, ल्याऔं, टिकाऔं र सिकाऔं भन्ने अभियान सञ्चालन गर्ने, बालबालिकाले विद्यालय छोड्नुको कारण पत्ता लगाइ यसलाइ रोक्न सरकारी निकाय, अभिभावक, शिक्षक लगायत विद्यालय प्रसासन, विद्यालय व्यवस्थापन समितिको भुमिका लगायत विषयमा सहजिकरण गर्नुभएको थियो ।

शिवराज वडा नं ९ को अर्थिक सहयोग र टुडेपत्र अनलाइको आयोजना सम्पन्न कार्यक्रममा वडा भित्रका जनप्रतिनिधी, शिक्षक, विद्यार्थि, अभिभावक लगायत शिक्षा क्षेत्रका सरोकारवालहरुको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार