शिवराज नगरपालिका वडा न ५ को कार्यालयले वडा भित्रका जेष्ठ नागरिकहरु झुल वितरण गरेको छ । लामखुटेवाट वचाउनको लागी वडा कार्यालयले वडा भित्रका जेष्ठनागरिकलाई झुल वितरण गरेको हो । शिवराज नगरपालिका वडा न ५ भित्र वसोवास गर्ने ७२ वर्ष भन्दा माथिका ३ सय ३ जना जेष्ठ नागरिकलाई झुल वितरण गरिएको वडा अध्यक्ष नेत्रप्रसाद वेल्वासेले वताउनुभयो ।
वडाको आर्थिक वर्ष २०७९।८० को कार्यक्रमवाट २ लाख २० हजारको लगानीमा झुल वितरण गरिएको अध्यक्ष वेल्वासेले वताउनुभयो । वडाले शिवराज नगरपालिका वडा न ५ का कर्मचारी र शिवराज आधारभुत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत झुल वितरण गरेको अध्यक्ष वेल्वासेले वताउनुभएको छ । जेष्ठ नागरिकलाई सम्मान र युवाहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु संंचालन गरिदै लगिने पनि वेल्वासेको भनाई रहेको छ ।
जेष्ठ नागरिकको सम्मान र युवाहरुलाई स्वरोजगार वनाउनको लागी कार्यक्रम संचालन नगरेसम्म वडा विकास संम्भव नभएको भन्दै आगामी दिनमा थप कार्यक्रम संचालन गरिने वताउनुभयो । यो आर्थिक वर्षमा पनि महिलाहरुका लागी विभिन्न सिपमुलक तालीमहरु संचालन गरेको वताउन्ुभएको हो । तराईको गर्मी मौषममा लामखुटे र अन्य विशालु जिवहरुवाट जोगाउनको लागी वडा कार्यालयको काम प्रति जेष्ठनागरिकले खुशि व्यतm गरेका छन
शिवराज नगरपालिका वडा न ५ द्धारा जेष्ठ नागरिकलाई झुल वितरण
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech