कपिलवस्तुको शिवराज नगरपालिका १ बनकटवामा अतिक्रमित जग्गामा एकिकृत सुरहि सामुदायिक बनले वृश्रारोपण कार्य थालनी गरेको छ । स्थानीयहरुले अतिक्रमण गरेको१४ हेक्टर क्षेत्रफल मध्ये ८ हेक्टर क्षेत्रफलमा बनले तारबार गरि विभिन्न फलफुलका विरुवाहरु रोप्न थालिएको एकिकृत सुरहि सामुदायिक बनका अध्यक्ष फानेश्वर न्यौपानेले बताउनु भयो।
स्थानीयले लामो समय देखि अतिक्रमण गरि जोतभोग गरिरहेका जग्गा स्थानीयहरु सँग छलफल गरि आफ्नो अधीनमा लिएर तारवार गरेर वृश्रारोपण गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।आज गरिएको वृश्रारोपणमा आँप ,कागती , नरिवल लगायत प्रजातिका ३ सय बढी फलफूल रोपिएको बताउनु भयो ।
बृक्षारोपण कार्यक्रममा बन उपभोक्ता समितिका पदाधिकारी , उपभोक्ता समिति ,जन प्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।