कपिलवस्तुको शिवराज नगरपालिकाले चालु आर्थिक वर्ष ०७९।८० मा कुल बजेटको ८३.७९ प्रतिशत खर्च गरेको छ । कुल बजेट १ अरब ३१ करोड ७ लाख ७३ रुपैयाँ मध्ये १ अरब ९ करोड ८३ लाख ६४ हजार ९ सय ९८ रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत रकेश पाण्डेले बताउनुभयो ।
नगरले स्वीकृत गरेको चालु तर्फ ९३ करोड ३९ लाख ४८ हजार २ सय ३५ मध्ये ८१ करोड ६२ लाख ९५ हजार ९ सय ७७ अर्थात् ८७.४० प्रतिशत खर्च गरेको छ । त्यस्तै पुजिगत तर्फ ३७ करोड ६७ लाख ५१ हजार ८ सय २८ मध्ये २८ करोड २० लाख ६९ हजार ११ अर्थात् ७४.८६ प्रतिशत खर्च गरेको हो ।
बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दै नगरपालिकाले असार २४ गते राती १२ बजे देखि सम्पूर्ण वित्तीय कामकाज बन्द गरेको लेखा अधिकृत रामचन्द्र मरासिनीले बताउनुभयो ।
विभिन्न क्षेत्रमा विनियोजित भएको रकम मध्ये पुरा खर्च भएको एउटा मात्र शीर्षक रहेको छ । सडक बोर्ड तर्फ विनियोजन भएको पुजिगत खर्च शत प्रतिशत खर्च भएको छ । उक्त शीर्षकमा विनियोजित ८३ लाख ७१ हजार ८ सय ३८ मध्ये सबै रकम खर्च भएको बताइएको छ ।