शिक्षा, स्वास्थ्य, कृषि र सिँचाईलाई प्राथमिकता :अध्यक्ष थापा

 

 

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले ५७ कराेड २३ लाख ८ हजारकाे बजेट पारित गरेकाे छ । बिहिबार गाउँपालिकाकाे दोस्रो गाउँसभाको तेस्रो अधिवेशनकाे दाेस्राे बैठकबाट सर्वसम्मतले बजेट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले जानकारी दिए ।

विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले आर्थिक वर्ष २०८०/०८१ का लागि सामाजिक विकासमा बढी बजेट विनियोजन गरिएको बताए । उनले सामाजिक विकास नभएसम्म समृद्ध हुन नसक्ने बताउँदै यसलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । गाउँपालिकाकाले भाैतिक पुर्वाधारकाे विकासमा प्राथमिकता दिँदै आएकोमा यस वर्ष सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि र सिँचाईलाई प्राथमिकतामा राखी अगाडी बढेकाे अध्यक्ष थापाकाे भनाई छ ।

उनले विजयनगरकाे भाैतिक संरचना निर्माणमा निकै फड्को मारिसकेकाे दावी गरे । उनले अब आवश्यकता अनुसार भाैतिक पुर्वाधारकाे विकास कामलाई जाेड दिँदै सामाजिक विकासका कार्यलाई प्राथमिकता दिएकाे बताए । उनले सामाजिक विकासतर्फ २५ कराेड र भाैतिक पुर्वाधार विकास तर्फ १५ कराेड बजेट विनियोजन गरिएको अध्यक्ष थापाले बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले गाउँपालिकाकाे समग्र विकासका लागि गाउँपालिकाका सम्पूर्ण कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए । गाउँपालिकाबाट नागरिकले प्राप्त गर्ने हरेक सेवा सुविधालाई सहज बनाउने उनले जाेड दिए । उनले गाउँपालिकाकाे कार्यसम्पादन अब्दुल र पारदर्शी बनाउने प्रतिबधातासमेत जनाए ।

विजयनगरकाे पहिचान बाेकेकाे विजयनगर गाउँपालिकाकाे आफ्नै माैलिक गीतकाे अडियोसमेत विमाेचन गरिएकाे रिजालले बताए । उनले भिडियो बनाउने काम सुरु भएको र भिडियो सम्पन्न पश्चात् गीत सार्वजनिक गरिने बताए । उनले गीतमा गाउँपालिकाकाे विविध जातजाति, ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरु समेटिएको बताए ।

गाउँपालिकाको विकासका लागि यस वर्ष उत्कृष्ट काम गरेको भन्दै कर्मचारी, पत्रकार र निर्माण व्यवसायीलाई नगद पुरस्कार १० हजारसहित सम्मानसमेत गरिएको गाउँपालिको जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार