शिक्षण अस्पतालका फार्मेसी प्रमुख सितगंगाका पोख्रेल मृत भेटिए

कपिलवस्तु -महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरका फार्मेसी प्रमुख अमृत पोख्रेल अस्पतालभित्रै मृत फेला परेका छन् ।

सेन्टरको दुई तलामाथि स्टोर रुमको भर्‍याङमा अर्घाखाँची सितगंगा नगरपालिका वडा नं . १० हर्रेका ३५ वर्षीय पोख्रेल मृत भेटिएका हुन् । पोख्रेल घाँटीमा पासो लगाएर झण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए ।

उनका अनुसार पोख्रेल शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा मृत भेटिएका थिए । पोख्रेल घरबाट ड्युटीका लागि बिहान अस्पताल आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार