शिवराज नगरपालिकाको चन्द्रौटामा बिगत १ बर्ष देखि संचालनमा आयको उर्जावान लगानि समुहको प्रथम साधारण सभा तथा अधिवेशन स्स्मोअन्न भयको छ । अधिवेशनले सन्तोस पौडेलको अध्यक्ष्यतामा ९ सदस्यिय कार्यसमिति चयन भएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अथिती तथा किर्डाक नेपालका संयोजक कृष्ण रावलले यस समूहले बचत र लगानी मात्रै गरेर नपुग्ने बताउदै ७८ जनाको युवा जमातले अन्य धेरै उदेश्यमा काम गर्न सक्ने सुझाव दिनु भयो । उहाँले भन्नू भयो बचत गर्ने र लगानी गर्ने त धेरै समुहले गर्न सक्छ्न तर हामी अन्य समुहको तुलनामा फरक बन्न सक्नु पर्दछ । हामिले चाहने हो भने अहिले बचत भयको लगभग 9 लाख बजेट छ अर्को बर्ष सम्म सानो तिनो उद्धोग नै तयार हुन सक्छ । हरेक युवा उधमी हुन जरुरी छ । त्यस्तै सस्थाको आर्थिक तथा प्रगति प्रतिबेदन सस्थाका सचीव र कोषाध्यले बाचन गर्नु भएको थियो ।
उक्त नौ सदस्यिय कार्य समितिको आजै बसेको पहिलो बैठकले बिजय घिमिरेको संयोजकमा ५ सदस्यिय लेखा समिति र शुसिला रायमाझिको सदस्यतामा ५ सदस्यिय सल्लाहाकार समितिको चयन गरेको छ । कार्यक्रम दिनेस बेल्बासेको स्वागत मन्तब्यमा किर्डाक नेपालका प्रमुख कृष्ण रावतको प्रमुख आथित्यतामा सस्थाका अध्यक्ष सुशीला रायमाझीको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन इन्दु थारुले गर्नु भएको थियो ।