शिवराजमा एक सय नब्बे घण्टे मन्टेश्वरी तालिम सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकामा संचालित १९० घन्टे मन्टेश्वरी तालिम समापन भएको छ । तालिममा वडा नम्बर १, २।३ र वडा नं. ५ का २०र २० जना महिलाहरुले उक्त तालिममा सहभागिता जनाएका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले महिलालाई आत्मनिर्भर बन्न आफुलाई इच्छा लागेको बिषयमा तालिम लिने र तालिमलाई जीवन उपयोगी बनाउन लागि परेमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । तालिमले खेल्दै पढ्दै गर्ने विधिकोरुपमा चिनिएको मन्टेश्वरी विधि वालवालिकाको पढाइका लागि अत्यन्त उपयुक्त रहेको भन्दै राम्रो संस्कार र ब्यवहारसहीतको शिक्षा वालवालिकालाई सानैदेखी दिन सकेमा यसले भविष्यमा सकारात्मक परीणाम निकाल्न सघाउने बताउनु भयो ।

श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ब्यावसायिक तथा सिप विकास प्रतिष्ठान बुटवल रुपन्देहीको वित्तिय सहयोगमा लुम्बिनी पोलिटेक्निक इस्टिच्युट प्रा लीद्वारा संचालित मन्टेश्वरी तालिमको समापन कार्यक्रममा कार्यपालिका सदस्य प्रेम सुनार ,सिप विकासका ज्योति तिवारी लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष बेल्बासेको अध्यक्षतामा समापन कार्यक्रमको संचालन अरुण अर्यालले गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार