शिवराजमा महिला कर्मचारी माथि बलत्कारको प्रयास 

कपिलवस्तुको शिवराज नगरपालिकाको एक महिला कर्मचारी माथि शुक्रबार राती बलत्कार प्रयास भएको छ । नगरपालिकाकाले सन्चालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ बस्ने युवा भुवन पाण्डेले महिला कर्मचारी माथि बलत्कारको प्रयास गरेको आरोप लागेको हो । रात्री डिउटीमा खटिएका महिला कर्मचारी माथि बलत्कार प्रयास भएको हो ।

शुक्रबार राती करिब १ बजे मदिरा सेवन गरी आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुत भन्दै जबरजस्ती गरेको पिडितले बताएका छन ।महिला कर्मचारीहरु रोइ कराई गरेको बताएका छन । आरोपित पौडेल र पाण्डे सम्पर्क विहिन रहेका छन ।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले विवादित स्वास्थ्य कर्मी पौडेललाई साउन १ गतेबाट आधारभुत स्वास्थ्य केन्द्रको जिम्मेवारी दिएका थिए । मेयर थापाको ठाडो आदेशबाट स्वास्थ्यकर्मी पौडेललाई आधारभुत स्वास्थ्य केन्द्रको प्रमुख तोकिएको थियो ।

घटना शुक्रबार रातीको भएपनि मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले लुकाएको पिडित स्वास्थ्यकर्मीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शेखर जंग मल्लले यस विषयमा कुनै जानकारी नभएको बताउनुभयो । शिवराज नगरपालिका वडा नम्बर ५ का अध्यक्ष एवम अस्पताल संचालक समितीका अध्यक्ष समेत सहनु भएका नेत्र प्रसाद बेल्बासेले घटनाबारे छानविन गरी घटना सत्य भए तत्काल कारवाहि गर्ने बताउनु भयो ।

त्यस्तै उक्त घटना पछि आज नगर प्रमुख अजय थापाले सत्यतथ्य छानबिन गरि दोषिलाई कनुनी दायरामा ल्याइने बताउनु भएको छ।घटना संग नाम जोडिएका स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारी बाट हटाई अनुसन्धान कार्यलाई अघि बढाइएको बताउनु भएको छ । ।
महिला माथी हुने कुनै पनि प्रकारका हिंसा सैय नहुने भन्दै सामाजिक संजालबाटै जनाउनु भएको छ ।

उक्त घटा पछि उपमेयर शिवकुमारी थारुले समाजिक संजालबाट महिला माथि दुर्ब्यहार गर्ने जो कोहि होस,कसैलाइ छुट नहुने उल्लेख गर्नु भएको छ । उहाँले सत्यतथ्य छानबीन गरि करवहिको लागि आवहन समेत गर्नु भएको छ ।

धेरै पढिएको

ताजा समाचार