पौडेल वंश महासङ्घ शिवराजद्वारा दिवङ्गत टिका पौडेलप्रति शोक शोकसभा सम्पन्न।।


शिवराज नगरपालिका —
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ निवासी दिपक पौडेल र राजेन्द्र पौडेलकी माता टिका पौडेलको ७० वर्षको उमेरमा भएको आकस्मिक दुर्घटनामा निधनप्रति पौडेल वंश महासङ्घ शिवराजले गहिरो दुःख व्यक्त गर्दै एक शोकसभा सम्पन्न गरेको छ।
​महासङ्घको समन्वय तथा बन्धुहरूको उपस्थितिमा आयोजित उक्त शोकसभामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
​


​शोकसभामा पौडेल वंशका जेष्ठ नागरिक टुक्लाल पौडेलको अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष टेकराज पौडेल प्रमुख अतिथिता, प्रदेश कमिटीका सदस्य परशुराम पौडेल तथा कपिलवस्तु जिल्ला उपाध्यक्ष रामप्रसाद पौडेल , कपिलवस्तु जिल्ला सचिव नारायण पौडेल, अर्घाखाँची उपसचिव शोभा खर पौडेल,लगायत थुप्रै पौडेल बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्णले दिवङ्गत टिका पौडेलले समाजमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँको अगाध स्नेह र प्रेरणालाई सधैं सम्झिरहने बताएका थिए।


​
​कार्यक्रमका प्रमुख बक्ता तथा प्रदेश कमिटीका अध्यक्ष टेकराज पौडेलले शोक मन्तव्य राख्नुहुँदै टिका पौडेलको असामयिक र दुःखद निधनले पौडेल परिवार मात्र नभई समग्र समाजलाई नै अपूरणीय क्षति पुगेको धारणा व्यक्त गर्नुभयो। उहाँले दुर्घटनाका कारण भएका यस्ता घटनाहरूले समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै परिवारजनलाई धैर्यधारण गर्न शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना गर्नुभयो। साथै, महासङ्घ यस्तो कठिन घडीमा पीडित परिवारको साथमा सदैव उभिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। साथै छोरा राजेन्द्र पौडेलले उपस्थित सम्पूर्ण बन्धुहरूलाई उपस्थिति भई आफ्नो यो दुःखको घडीमा सान्त्वना दिन आउनुहुने सम्पूर्ण अग्रज अनुज तथा साथीभाई सबैलाई सर धन्यवाद व्यक्त गर्नुभएको थियो।जेष्ठ नागरिक टुक्लाल पौडेलको अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष टेकराज पौडेल प्रमुख अतिथिता रहेको कार्यक्रमको सञ्चालन कपिलवस्तु सचिव नारायण पौडेलले गर्नुभएको थियो।

धेरै पढिएको

ताजा समाचार