
कपिलवस्तु किसान संघले शिवराज नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगर भित्र संचालित कृषि सहकारी संघ,संस्थाहरुले आफ्नो मनोमानी ढंगले मलखाद बिक्री वितरण गरेको भन्दै किसान संघले ज्ञापन पत्र बुझाएको किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताउनभयो ।
मल वितरण गर्ने संघ संस्थालेले मनोमानी गरेकाले मल वितरण गरेकाले एकरुपता ल्याउन नगर प्रमुख अजय थापालाई ज्ञापन पत्र बुझाएको अध्यक्ष चौधरीले बताउनुभयो ।
व्यापक जनगुनासो आएकोमा तोकिएकाले दर रेटमा बिक्री वितरणका लागि नियमन गरी लागू गर्न माग गर्दै कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीको नेतृत्वमा ४÷५ जनाको संख्यामा नगरमा आई ज्ञापन पत्र बुझाइएको हो ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले कृषि सहकारीलाई नियमन गरी सहज र सुलभ तरिकाले मल विक्री वितरण गर्न व्यवस्थापन गरिने नगर प्रमुख अजय थापाले बताउनुभयो ।
#ज्ञापन पत्र