व्यवसायिक समस्या समाधान गर्न नगरसगँ संवादको तयारी


कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका ब्यावसायिक सस्था ब्यापार संघ कपिलवस्तु र चन्द्रौटा उद्योग वाणिज्य संघले व्यवसायिकका समस्याहरु समाधान गर्न नगरसगँ संवादको तयारी स्वरुप आज बैठक बसेको छ ।

नगरपालिकाले बृद्धि गरेको करले व्यवसायिलाई आर्थिक भार थुपारेको भन्दै संयुक्त बैठक बसेका हुन । शिवराज नगरको आर्थिक बर्ष २०८०।८१ को व्यवसायिक करको दरको विषय र व्यवसाय दर्ता प्रणालि झनजटिलो भएको भन्दै यसको समाधानका लागि व्यापारीक संस्थाहरु संयुक्त बैठक बसि समाधानका लागि नगरसगँ संवाद गर्ने निचोड निकालेका छन ।

बैठमा व्यापार संघ केन्द्रिय सदस्य महादेव पोखरेलले शिवराज नगरपालिकाले चालू आर्थिक २०८०÷०८१ मा व्यावसायिकको हित विपरित कर, घर बहाल कर, सिफारिस दस्तुर कर लगायतका राजस्व दस्तुर वृद्धि प्रति ब्यापारिहरुको गुनासो आएको बताउनु भयो । आर्थिक मन्दि र करको भारले ब्यावसायिहरु मर्कामा परेको भन्दै नगरले जारी गरेका करका दायराका केहि बुदाहरु सच्याउन पर्ने बताउनु भयो । ब्यावसायिकहरुको कर मात्रै नगरको आयश्रोत देखे जस्तै गरी सोहि प्रवृति देखाएको बताउनु भयो ।

विगतमा भोग्नुपरेका दुई ठूला विपत्ति भूकम्प र कोभिड–१९ महामारीले असाधारण खैलाबैला निम्याइदिएको समयमा नगरको बलजफत करबृद्धिले ब्यावसायि मर्कामा परेको बताउनु भयो ।

बैठकमा उद्योग वाण्ज्यि महासंघका केन्द्रिय सदस्य जमसेर अलिमियाले  नगरपालकाले सेवासुविधाको आधारमा करका दायरा फराकिलो पार्नु पर्ने बताउनु भयो । करको दर महानगर र उपमाहानगरको हेरेर भन्दा पनि नगरबासिले पाएको सेवा सुविधाको आधारमा हुनु पर्ने बताउनु भयो । सेवा सुविधाको नामा सामान्य आधारभुत आवश्यकता पुरा गर्न नसेक्ने करको दायरा मात्रै बृद्धि गरेको बताउनु भयो ।

ततकालिन नगर प्रमुख नेत्रराज अधिकारीको पालामा व्यवसायिहरु बाट उठेको करको ६० प्रतिशत रकम ब्यावसायिकै क्षेत्रमा लगाउने प्राणालि रहेको स्मरण गर्दै  विगतका अभ्यासलाई पच्छयाउनु पर्ने बताउनु भयो । उक्त प्रणालि हटाएर ब्यावसायिको पक्षमा कुनै काम नगर्ने र करमात्रै उठाउने काम नगरबाट भएको भन्दै त्यसलाई सच्याउनु पर्ने बताउनु भयो ।

बैठकमा बोल्दै चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले बजारमा ब्यावसायिहरुको गुनासोलाई नगर समक्ष पुराउने र सच्याउन पर्ने केहि करको दरको अध्ययन गररे अगाडि बढ्नु पर्ने बताउनु भयो ।

१ हप्ताभित्रमा व्यवसायिका समस्याहरु, कर प्रणालि, झनजटिलो दर्ता तथा कर प्रणालि लगायतका विषयहरु संकलन गरी सोहि किसिमबाट नगरसगँ संवाद गर्ने बैठकले निष्र्कस निकालेको छ । बैठकमा ब्यापार संघ कपिलवस्तु र चन्द्रौटा उद्योग वाणिज्य संघकामा आवद्ध व्यवसायिहरुको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार