शिवराजमा छाडा चौपाया: दिनभर सडकमा, रातभर खेतबारीमा


कपिलवस्तुको शिवराज नगरपालिकामा छाडा चौपायाले राजमार्गमा हिड्ने सवारी साधन देखि कृषकहरुले सास्ति खेप्नु परेको छ । सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो परेपछि पटक पटक वहसको विषय बनेको छाडा चौपायाल ब्यवस्थापनामा नगरपालिकाले कुनै पहल कदमी नगरेपछि समस्या बढ्दो देखिएको छ ।
कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् । कपिलवस्तुको दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ ।
छाडा पशुचौपायाहरु ब्यवस्थापन नगर्दा किसानहरु मर्कामा परेका छन् । किसानहरुले लगाएको खेती पशुचौपायाहरुले नष्ट गरेपछि किसानहरु मर्कामा परेका हुन् । किसानले लगाएको खेति खाईदिने र कुचिदिने गरेपछि किसानहरु रातभर जागराम बस्न बाध्य भएको गुनासो छ । छाडा पशु चौपायहरु दिनभर सडकमा बस्ने र रातिमा भर्खर रोपेको धान बालीमा क्षेती पु¥याउने गरेको किसानले । छाडा पशुचौपाया धपाउन रातभर जागै बस्नुपर्ने बाध्यता रहेको कृषकहरुले बताउने गरेका छन ।
दैनिक रातिमा ३५–४० वटा पशुहरु आएर किसानले लगाएको तरकारी र अन्न बाली नष्ट गर्ने गरेको स्थानीयको भनाइ छ । दिनभर राजमार्ग क्षेत्रमा बस्ने पशुचौपायाले गाडी चलाउनै मुस्किल भएको, छाडा चौपायका कारण राजमार्ग सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो भएको छ । ‘गाडी चलाउँदा कतिखेर कुन पशुले सडक क्रस गर्ने हुन्, थाहै हुँदैन,’ गाडि चालकले भने । स्थानीय तहले भने छाडा पशु व्यवस्थापन भइरहेको जनाएका छन । स्थानीय सरकारले विगतका तुलनामा अहिले व्यवस्थापन भइरहेको दाबी गरेका छन ।

 

धेरै पढिएको

ताजा समाचार