कपिलवस्तुको शिवराज नगरपालिकाले विनियोजन गरेको नगरस्तरिय योजना सम्पन्न गर्न असफल भएको छ । नगरले गत आर्थिक बर्ष २०७९।०८० मा नगर स्तारिय योजना भन्दै १ नंम्बर मै गौमाता संरक्षणका लागि रु १० लाख रकम विनियोजित गरेको थियो । नगरले योजनाको कामै नगरी आर्थिक बर्ष सकिएको छ ।
अहिलको सबैभन्दा ठुलो समस्या र चुनौतीको विषय बनेको छाडा चौपाया व्यवस्थापनका लागि नगरले विनियोजित गरको रकम खर्च गर्न सेकन । शिवराज नगरपालिकाका योजना शाखामा कार्यरत कर्मचारी प्रेम वलीका अनुसार सो योजना अल्या गरी चालु आर्थिक बर्षमा समावेस गरीएको छ ।
छाडा चौपायाले पुर्वपश्चिम लोकमार्गमा हिड्ने सवारी साधन देखि कृषकहरुले सास्ति खेप्नु परेको छ । सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो परेपछि पटक पटक वहसको विषय बनेको छाडा चौपायाल ब्यवस्थापनामा नगरपालिकाले कुनै पहल कदमी नगरेपछि समस्या बढ्दो देखिएको छ ।
कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी पिपरालगायत चोकमा बिहानैदेखि साँझसम्म छाडा चौपायाका बथान देखिन्छन् । कपिलवस्तुको दशवटै पालिकामा पशु चौपाया व्यवस्थापन चुनौतीको रुपमा रहेको छ ।
छाडा पशुचौपायाहरु ब्यवस्थापन नगर्दा किसानहरु मर्कामा परेका छन् । किसानहरुले लगाएको खेती पशुचौपायाहरुले नष्ट गरेपछि किसानहरु मर्कामा परेका हुन् । किसानले लगाएको खेति खाईदिने र कुचिदिने गरेपछि किसानहरु रातभर जागराम बस्न बाध्य भएको गुनासो छ ।