शिवराजमा आँखामा राख्ने औषधिको अभाव 


 

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा आँखामा राख्ने औषधिको अभाव देखिएको छ । नगरपालिकाले खरिद नगर्दा अहिले बिरामीहरु निजि मेडिकलमा गएर खरिद गर्न वाध्य भएका छन् । विभिन्न स्वास्थ्य चौकीहरुमा दैनिक विरामी बढने गरेपनि औषधि अभाव रहेको स्वास्थकर्मीहरुको भनााई छ । फेसबुक पेजमा नगर प्रमुख अजय थापाले निशुल्क रुपमा सबै नागरिकहरुलाई औषधि पुराउने प्रतिवद्धता गरेपनि अहिले विरामीहरु रित्तो हात फर्कन परेको छ ।
वडाहरुले आँखा उपचारको लागि विभिन्न अभियान संचालन गरेपनि औषधि अभावले अभियानलाई तिव्र रुपमा लैजान सकेका छैनन् । स्वास्थय चौकीमा दैनिक ३० देखि ४० जना आखाको रोगी आउने गरेपनि नगरपालिकाले २५ पिस मात्र दिने गरेको छ । आधारभूत अस्पतालमा औषधि सकिएको सुचना पाएलगतै स्वास्थ्य शाखाले औषधिको व्यवस्था गर्न जुटेको छ ।

औषधि बजारमा अभाव रहेकोले केहि स्थानमा प्रयाप्त मात्रामा पुराउन नसकिएको स्वीकार गरेको छ । आँखा पाक्ने रोग तिव्र गतिमा वढेपछि स्वास्थ्य संस्था जाने विरार्मीको संख्या वढिरहेको छ । उपचार पाईने आसामा स्वास्थ्य संस्था पुग्ने गरेका विरामी औषधि छैन भनेर घर फर्काउदा निरास वनेका छन । सरकारवाट निशुल्क वितरण गर्ने अन्य औषधिहरु पनि शिवराज नगरपालिकाको स्वास्थ्य संस्थाहरुमा अभाव देखिएको छ ।

 

धेरै पढिएको

ताजा समाचार