कपिवस्तुको शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे डेङ्गु र आँखा पाक्ने रोग सम्बन्धी वडा स्तरीय सचेतना जगाउँदै वडा भित्रका विद्यालयहरुमा पुग्नु भएको छ । केही दिनयता आँखा पाक्ने रोग फैलिरहेको समयमा आज विहानै अध्यक्ष वडा नम्बर ५ मा रहेको राष्ट्रिय मा वि चन्द्रौटाबाट सचेतना जगाउने अभियानसिहत वडा भित्रका सबै विद्यालयमा पुग्ने बताउनु भयो ।
सचेतना जनताको बिचमा पुर्याउनका विद्यालयहरूमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन आवश्यक रहने बताउनु भयो ।डेङ्गुबाट बच्नका लागी सबै नागरिक खोज र नष्ट गर अभियानमा लाग्नुपर्ने उहाँको भनाई थियो।
अध्यक्ष सहित अभियानमा पुग्नु भभएका आधारभुत स्वास्थ्यसेवा अस्पता चन्द्राटाका इन्चार्ज विरेन्द्र मिश्रले डेङ्गु रोग र आँखा पाक्ने रोग नियन्त्रण सम्बन्धी सचेतना जगाउनु भएको थियो । कार्यक्रममा डेङ्गु रोग लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै अभियानकै क्रममा आवर मदरल्याण्ड वोर्डिङमा पुग्नुभएका स्वास्थ्यकर्मि प्रमोद पौडेलले आँखा पाक्ने रोग र डेङ्गु रोग लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराउनु भएको थियो । डेङ्गु रोग र आँखा पाक्ने रोगबाट बच्नका लागी सबै नागरिक खोज र नष्ट गर अभियानमा लाग्नुपर्ने उहाँको भनाई थियो।