उच्च शिक्षाको गन्तव्य : नेपाल आदर्श बहुमुखी क्याम्पस


कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पस विद्यार्थीहरूको रोजाई मा परेको छ । भरखरै १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागि नेपाल आदर्श बहुमुखीले भर्ना खुला गरेको छ । विगत २०६४ साल देखि स्नातक तहमा अध्यापन गराउँदै आएको क्याम्पसले शिक्षामा गुणस्तरीयतामा जोड दिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष लंका बहादुर हमालले बताउनुभयो ।

सामुदायिक क्याम्पस सञ्चालन गर्न केही कठिनाइ भए पनि विद्यार्थीहरू प्राध्यापकहरू र स्थानीयहरूको सहयोगका कारण विद्यार्थीहरूको रोजाइमा परेको उहाँले बताउनुभयो । शिवराज नगरपालिका १ शिवपुरमा रहेको उक्त क्याम्पसमा विजयनगर,कृष्णनगर छिमेकी जिल्ला प्युठान,अर्घाखाँची लगायतका जिल्लाहरू बाट विद्यार्थीहरू आउने गरेका छन् । क्याम्पसमा व्यवस्थापन र शिक्षा सङ्कायमा अध्यापन हुने क्याम्पस प्रमुख हेमराज शर्माले बताउनुभयो ।

क्याम्पसमा बिहानी समयमा कक्षा सञ्चालन,यातायातको व्यवस्था,होस्टेलको व्यवस्था,साप्ताहिक क्रियाकलाप हुने गरेको शर्माको भनाई छ । शिक्षा सङ्कायमा स्वास्थ्य,नेपाली,अङ्ग्रेजी र गणित विषयहरू पढाइ हुने उहाँले बताउनुभयो । गरिब जेहेन्दार विद्यार्थीहरूलाई प्रत्येक वर्ष छात्रावृतीको व्यवस्था गरिएको प्रमुख शर्माले बताउनुभयो ।

नेपाल आदर्श बहुमुखी क्याम्पसमा शिक्षामा गुणस्तर,प्राध्यापक र विद्यार्थीहरूको सम्बन्ध सुमधुर रहेको स्वतन्त्र विद्यार्थी युनियनका सचिव अर्जुन बेल्वासेले बताउनुभयो । विद्यार्थीहरूको अधिकारको लागि आफूहरू निरन्तर रहेको यसमा सबैको साथ पाएको पनि बेल्वासेले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार